पार्टी एकता नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि : अध्यक्ष प्रचण्ड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पार्टी एकता नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि : अध्यक्ष प्रचण्ड


३२ श्रावण २०७६, शनिबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै विकल्प समाप्त पारेर पार्टी एकता गरेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष प्रचण्डले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको बताउँदै अहिले पनि केही गर्न नसके इतिहासले धिक्कार्ने बताएका छन । उनले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिए।

उनले भने ‘कहिलेकाहीँ यसो (पार्टी एकता) नगरेको भए बरु कहिँ न कहिँ विकल्प रहिराख्थे कि भन्ने पनि लाग्छ, सबै विकल्प सकेर हामी सफलता प्राप्त गर्न सकेनौं भने कम्युनिस्ट आन्दोलन र राष्ट्रकै भविष्य बरबाद पार्ने हो कि भन्ने चिन्ता छ’।

यस्तै, उनले पेसा सुरक्षित, लोकप्रिय र मर्यायादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्सकले पनि बिरामीलाई मानवीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस