मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विस्फोट « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मुख्यमन्त्री शाहीलाई लक्षित गरेर बम विस्फोट


३० श्रावण २०७६, बिहिबार


Karnali

कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर बम विस्फोट गराइएको छ । मुख्यमन्त्री शाही कालिकोटको रास्कोट नगरपालिकाको सडक उद्घाटन गर्न जाँदा बम विस्फोट गराइएको हो ।

मुख्यमन्त्री शाहीको पचालझरना गाउँपालिका नानीकोट कोटिलागाँउको घरबाट रास्कोटको सडक उद्घाटन कार्यक्रममा जाँदै गर्दा रास्कोटको कृर्षि जेटिए कलेज नजिकै विप्लवका कार्यकर्ताले बम बिस्फोट गराएको प्रहरीले जनाएको छ ।

एक हप्ता लामो समयका लागि गृह जिल्ला भम्रणमा रहेका मुख्यमन्त्री शाहीलाई लक्षित गरी विप्लव समूहका कार्यकर्ताले दिनदिनै बम विस्फोट गर्दै आएका छन्।

बुधबार पचालझरना गाउँपालिकाको विषेश अधिवेशन उद्घाटन गर्दै गर्दा मुख्यमन्त्री शाही सहभागी एक कार्यक्रमस्थल नजिकै बम विस्फोट भएको थियो।

विस्फोट विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले गरेको बताइएको छ। विस्फोटमा कुनै मानवीय क्षति नभएको घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस