विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

विद्युत् प्राधिकरणका कर्मचारी घुससहित पक्राउ


२९ श्रावण २०७६, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले त्रिवेणी उप–वितरण केन्द्र, त्रिवेणी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) का चौथो तहका कर्मचारी मेघराज काफ्ले र दैनिक ज्यालादारीमा कार्यरत विद्युत् प्राविधिक नारायण कुर्मीलाई ४६ हजार पाँच सय ५५ रुपैयाँ घुस रकम सहित नियन्त्रणमा लिएको हो ।

उनीहरूले थ्रीफेज लाइनको मिटर जडान गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए । उनीहरूलाई हरूलाई कार्यालय परिसरबाट रङ्गे हात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस