फिफाले म्यान्चेस्टर सिटीलाई किन गर्‍यो कारबाही ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फिफाले म्यान्चेस्टर सिटीलाई किन गर्‍यो कारबाही ?


२९ श्रावण २०७६, बुधबार


काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई कारबाही गरेको छ ।

खेलाडी अनुबन्ध गर्दा फिफाको नियमविपरित गरेको भन्दै फिफाले कारबाही गरेको हो ।

नियमविपरीत खेलाडी अनुबन्ध गरेको भन्दै फिफाले सिटीलाई तीन लाख ७० हजार स्वीस फ्रान्क जरिवाना लगाएको छ ।

फिफाको नियममा १९ वर्ष माथिका खेलाडीमात्रै अनुबन्ध गर्न पाउने प्रावधान रहेपनि सिटीले १८ वर्षका खेलाडीलाई अनुबन्ध गरेकोले फिफाले कारबाही गरेको हो ।

यसअघि चेल्सीले पनि कम उमेरका खेलाडीलाई अनुबन्ध गरेको आरोपमा फिफाबाट दुई वर्ष प्रतिबन्ध भोगेको थियो ।

प्रतिक्रिया दिनुहोस