मन्त्रालयमा घुस बन्द नभएको मन्त्रीको दाबी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रालयमा घुस बन्द नभएको मन्त्रीको दाबी


प्रशासन विशेष ब्युरो

२८ श्रावण २०७६, मंगलबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले आफ्नो मन्त्रालयमा घूस बन्द नभएको बताएका छन् ।

प्रतिनिधिसभामा मङ्गलवार सांसदहरूका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री यादवले घूस लिन खोज्नेहरू विरुद्ध मन्त्रालय कडा रूपमा प्रस्तुत भएको दाबी गर्दै त्यस्ता व्यक्तिलाई अख्तियारले कारबाही गरिरहेको बताए ।

अनियमितता र खानीजन्य वस्तुको चोरी निकासी नियन्त्रण गर्नका लागि सांसदहरूलाई सघाउन आग्रह गर्दै भने ‘अनियमितता गर्नेहरू धमाधम पक्राउ परेकाले अहिले बढी चर्चा हुने गरेको छ ।’

प्रतिक्रिया दिनुहोस