प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए शपथ « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

प्रदेश लोक सेवा आयोगका अध्यक्षले लिए शपथ


प्रशासन विशेष ब्युरो

२८ श्रावण २०७६, मंगलबार


काठमाडौँ । प्रदेश सरकार ५ को प्रदेश लोक सेवा आयोगका अध्यक्ष प्राध्यापक डिलाराम भट्टराईले पद तथा गोपनीयताको शपथ लिएका छन्।

प्रदेश प्रमुखको कार्यालयमा मङ्गलवार एक समारोहका बिच तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश रमेश पोख्रेलले भट्टराईलाई शपथ गराएका हुन्।

मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्षी दलको नेता रहेको समितिको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले भट्टराईलाई आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। प्रदेश लोक सेवा आयोगका तीन सदस्य पदाधिकारीमध्ये अध्यक्षलाई मुख्यमन्त्री नेतृत्वको समितिले सिफारिस गर्ने व्यवस्था छ।

प्रदेश लोक सेवा आयोगको मुख्य कार्यालय बुटवलमै राख्ने निर्णय मन्त्रीपरिषद् बैठकले गरेको छ।

आयोगको कार्यालय मन्त्रीपरिषद् बैठकले तोक्ने व्यवस्था अनुसार लोक सेवा आयोगको मुख्य कार्यालय बुटवलमै राख्ने निर्णय भएको छ । मङ्गलवार नै बसेको मन्त्रीपरिषद् बैठकले हाटबजारस्थित कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयकै छेउमा रहेको भवनमा लोकसेवा आयोगको कार्यालय तोकेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस