फेरी अर्को सरकारी गाडीमा आगजनी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

फेरी अर्को सरकारी गाडीमा आगजनी


२६ श्रावण २०७६, आइतबार


कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाको सरकारी गाडीमा पनि अज्ञात समूहले आगजनी गरेका छन् ।

गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीलाई अज्ञात समूहले आगजनी गरेका हुन्।

शनिबार राति सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङ गरी राखिएको गाडीमा राति १०.५० बजेतिर आगजनी भएको हो।

आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ। आगजनी किन र कसले गरेको भन्ने कुनै जानकारी नभएको गाउँपालिका अध्यक्ष चौधरीले बताएका छन्।

राति नै कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार राति नै दाङको बंगलाचुली गाउँपालिकाको अध्यक्ष चढ्ने सरकारी गाडिमा पनि आगजनी गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस