गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु, चार घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीमा जिप दुर्घटना, एकको मृत्यु, चार घाइते


२५ श्रावण २०७६, शनिबार


गुल्मी । गुल्मीमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

दुर्घटनामा छत्रदेव गाउँपालिका ४ निवासी ४८ वर्षीय चालक हरिप्रसाद पाण्डेयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा रेसुंगा नगरपालिकाका दीपक विक, शेरबहादुर विक र बोजेन्द्र तथा अर्घाखाँची घर भएका कृष्ण पाण्डेय घाइते छन् । उनीहरुलाई उपचारका लागि पाल्पा पठाइएको छ ।

दुर्घटनामा परेको जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस