२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोप हुँदै पुराना पानीघट्ट

अ+ अ-

रुकुमपूर्व । रुकुमपूर्वमा खोलाको पानीबाट चल्ने घट्टहरुमा स्थानीयवासीले मकै, गहुँ, जौँ, चामललगायतका अन्न पिस्ने गर्दछन् । तर अहिले पछिल्लो समयमा आधुनिक विद्युतीय मिलको सञ्चालन बढ्दै गएपछि यस क्षेत्रका पानीघट्ट लोप हुँदै गइरहेको सिस्ने गाउँपालिका–५ का मिमबहादुर विकले बताए ।

रुकुमपूर्वका विभिन्न खोलाको छेउछाउमा ४०० को हाराहारीमा पानीघट्ट रहेको रुकुमकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष यज्ञप्रकाश मल्लले बताए । ‘यीमध्ये अधिकांश घट्ट छ महीना चल्ने र छ महीना बन्द हुने गर्दछन्’, अध्यक्ष मल्लले भने, ‘वर्षा शुरु हुनेबित्तिकै सबै पानीघट्ट सञ्चालनमा आउँछन्, जब हिउँदयाम शुरु हुन्छ तब खोलाको पानी सुक्छ, अनि आधाजति घट्ट बन्द हुन्छन् ।’ भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका पानीघट्ट सञ्चालनमा छन् तर, रुकुमकोटमा भने पानीघट्ट प्रयोगविहीन हुँदै आएको उनको भनाइ छ ।

नयाँ प्रविधिका विद्युतीय मिलको बढ्दो प्रयोगसँगै पानीघट्ट लोप हुन थालेको स्थानीयवासीको भनाइ छ । हाल प्रयोगविहीन रहेका सिस्नेका पानीघट्टलाई कतिपयले सुधार गरी आधुनिक प्रविधिअनुसार पिसानी, तेल र काठ चिरानीसमेत गर्न सक्ने घट्ट बनाएर सञ्चालनमा ल्याएसँगै पुराना पानीघट्ट लोप हुने अवस्थामा पुगेको पुराना पानीघट्ट सञ्चालन गर्दै आएका सिस्ने गाउँपालिका–५ का जितबहादुर बस्नेतले बताए ।

पहिले पानीघट्टबाट पिसानी गर्दा पिसानी गरेको अन्नको केही भाग घट्ट धनीलाई दिने चलन थियो । यस्तो प्रचलनले धेरै थोरै भए पनि आम्दानीको स्रोत बन्ने भएपछि व्यावसायिकरूपमा नै घट्टलाई लिने गर्दथे । तर अहिले विद्युतीय शक्तिबाट चल्ने अत्याधुनिक प्रविधिका पिसानी गर्ने मिल बनेपछि पानीघट्ट प्रयोग गर्नेको सङ्ख्या घटेको हो ।

मिलमा पिसानी गरेवापत प्रतिपाथी (८ माना) को रु ३० देखि ४० सम्म रकम तिर्ने गरेको पाइन्छ । आधुनिक प्रविधिका मिलहरु बनेसँगै पुराना पानीघट्टमा पिसानी गर्न कोही पनि नआउने भएकाले बन्द गरेर बस्नुपरेको बताउछन्, पानीघट्ट सञ्चालन गर्दै आएका सिस्ने गाउँपालिका–६ का सुमन खत्री ।

घट्टमा पिसानी गर्दा टाढाको दूरीसम्म बोकेर लानुपर्ने र पिस्दा घण्टौँसम्म कुर्नुपर्ने बाध्यता रहेकाले आफूहरु छिटोछरितो र सजिलोको लागि विद्युतीय मिलमा जाने गरेको स्थानीयवासी बताउँछन् । तर पानीघट्टबाट पिसानी गरिएको अन्न पिठो स्वास्थ्यका लागि निकै लाभदायक र खाँदा पनि स्वादिष्ट हुने जानकारहरु बताउँछन् ।

विकासको गतिसँगै जिल्लाका अन्य ठाउँमा पनि यातायात र विद्युत्को सुविधा हुँदै गइरहेकोले अन्य ठाउँमा पनि विद्युतीय मिलको विकास र प्रयोग हुँदैन भन्न सकिँदैन । त्यसैले परम्परागत शैलीमा रहेका पानीघट्टको अस्तित्वलाई बचाइराख्न स्थानीय सरकारले पनि पहलकदमी चाल्नुपर्ने बताउछन्, पानीघट्ट सञ्चालन गर्दै आएका पुथा उत्तरगङ्गा गाउँपालिका–११ तकसेराका धर्मु बुढा ।

के हो पानीघट्ट ?

कुलोबाट कलकल गर्दै बगेको पानी खोपेर कुलेसोजस्तो बनाइएको ठाडो काठबाट जोडले पानी खनिदा काठको सानो मुढोमा मिलाएर अड्याइएका पोहरा (भुना) मा पर्दा जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुङ्गो फनफनी घुम्न थाल्छ । तब शुरु हुन्छ, नेपाली जीवनशैलीमा परापूर्व कालदेखि स्थान पाएको घट्टको पिसानी कार्य ।

फनफन घुमिरहेको घट्टमाथि टाङटाङटुङटुङ गर्दै उफ्रिने काठको चराको कलात्मक उफ्राइको बलले काठको कोठामा राखिएको अन्न विस्तारै खस्दै जान्छ । फनफनी घुमिरहेको घट्टको बीच भागमा रहेको मानी (प्वाल) बाट पसेको अन्न पिसिएर घट्टको वरिपरि घेरो लाग्न थाल्दछ । घट्ट घुम्दै गर्दा एक छेउबाट अलि बढी नै पिठो फाल्ने गर्दछ । त्यस ठाउँमा बेलाबेलामा कुचोले बढारिरहनुपर्दछ । यसलाई धार मार्ने पनि भनिन्छ ।