२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जोत्नेले जमीन नपाएसम्म भू–उपयोग विधेयक अर्थहीन’

अ+ अ-

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भीमबहादुर रावलले भू–उपयोगसम्बन्धी नीति महत्वपूर्ण भएको बताएका छन् । उनले जमीनको वर्गीकरण हुन नसक्दा भूमाफियाले जमीनको खण्डीकरण गरेको आरोप लगाए ।

राष्ट्रियसभाले संशोधनमाथि विचार गर्न पठाएको ‘भू–उपयोग विधेयक, २०७५’ को विषयमा बोल्दै सांसद प्रेम सुवालले सार्वजनिक तथा गुठी जग्गाको अतिक्रमण रोक्न भू–उपयोग विधेयक आवश्यक पर्ने बताए । उनले सार्वजनिक जमीन, ताल र पोखरी अतिक्रमण रोक्न नसक्दा भूमाफियाले जमीन अतिक्रमण गरेको बताए । प्रतिपक्षी दलका सांसद पुष्पा भुसालले जमीनको चक्लाबन्दी नगरिकन भूउपयोग विधेयक ल्याउनुको औचित्य नभएको बताइन् ।

सांसद प्रदीप गिरिले जमीन जोत्नेलाई उपलब्ध नगराएसम्म जुनसुकै विधेयक ल्याए पनि जमीनको सही उपयोग नहुने बताए । ‘भूउपयोग विधेयक, २०७५’ का सन्दर्भमा सांसद पद्मनारायण चौधरीले बाँझो जमीनलाई उपयोग गर्ने कानून नआएसम्म प्रस्तुत विधेयकले खासै अर्थ नराख्ने बताए ।

सांसद भरतकुमार शाहले जनतालाई जमीनको मालिक बनाए पनि जमीन बाँझो राख्न नपाउने कानून ल्याए मात्र भूउपयोग विधेयकको औचित्यता प्रष्ट हुने बताए । सांसदहरु लक्ष्मी परियार, उमा रेग्मी, कृष्णभक्त पोखरेल र सञ्जयकुमार गौतमले पनि उक्त विधेयकका सम्बन्धमा आ–आफ्नो धारणा राखेका थिए ।रासस