दोलखामा भीषण पहिरो १० घर पुरिए, दुई जना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दोलखामा भीषण पहिरो १० घर पुरिए, दुई जना बेपत्ता


प्रशासन विशेष ब्युरो

१८ श्रावण २०७६, शनिबार


दोलखा । गौरीशङ्कर गाउँपालिका–१ जुँगुमा शुक्रवार राति पहिरो जाँदा १० घर पुरिएका छन् भने दुई जना बेपत्ता रहेका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालका अनुसार ५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता रहेका छन् ।

पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । ११ घर अति जोखिममा भएकाले स्थानीयले घर छाडेका छन् ।

प्रतिक्रिया दिनुहोस