२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुदूरपश्चिम विश्वविद्यालयः ‘किचलोको भूमरीमा’

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयका कर्मचारीले रजिष्ट्रारको सरकारी निवासमा बसेर कार्यालयको अत्यावश्यक काम गर्दै आएका थिए ।

विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तीन महीनाअघिदेखि तालाबन्दी गरिरहेको नेपाल विद्यार्थी सङ्घले कर्मचारी रजिष्ट्रारको निवासबाट कार्यालयको कामकाज भइरहेको थाहा पाउनासाथ गत सातादेखि निवासमै तालाबन्दी गर्न पुगे ।

सुदूरपश्चिम विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्टको कार्यसञ्चालनप्रति असन्तुष्टि बढेपछि प्रधानमन्त्री कार्यालयले पुस २७ मा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ऐन २०६७ दफा ३० बमोजिम जिम्मेवारीबाट पदमुक्त गरेपछि शुरु भएको किचलो अझै सकिएको छैन ।

नेविसङ्घ कञ्चनपुरले बिना कारण उपकुलति र रजिष्ट्रारलाई छानबिनका लागि हटाएको भन्दै पुर्नबहालीको माग गर्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको थियो । गत चैत २७ मा विश्वविद्यालयकै विज्ञान तथा प्रविधि सङ्कायका डिन प्रा डा पूर्णबहादुर चन्दलाई उपकुलपति र शिक्षा सङ्कायका डिन डा गोविन्द विष्टलाई रजिष्ट्रारको जिम्मेवारी दिइएको छ ।

उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टलाई जिम्मेवारीबाट हटाउनुअघि विश्वविद्यालयमा आर्थिक अनियमितता छानबिनका लागि विश्वविद्यालय अनुदान आयोगका पूर्वअध्यक्ष गणेशमान गुरुङको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन भएको थियो । छानबिनका लागि विभिन्न चरणमा समिति बने पनि समितिको प्रतिवेदन अझै सार्वजनिक गर्न सकेका छैनन् ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा. पूर्णबहादुर चन्दले कार्यालयको तालाबन्दी खुलाउने विषयमा पहल भइरहेको भए पनि ठोस निकास नआएको बताए । ‘तालाबन्दी खुलाउनेबारे मैले प्रमुख जिल्ला अधिकारीसमक्ष पनि पत्राचार गरेको छु’, उपकुलपति प्रा डा.चन्दले रासससित भने, ‘सर्वदलीय बैठकबाट पनि तालाबन्दीको निकास खोज्ने दलीय प्रयास सार्थक भएको छैन ।’ उनले गत साउन ९ गते रजिष्ट्रारको निवासमा समेत तालाबन्दी भए पनि कार्यालयको कामकाज ठप्प भएको जानकारी दिए ।

“विश्वविद्यालयको लफडा पार्टीका नेतासम्म पुगेर निकासका लागि धाउनुपर्ने अवस्था आउनु दुःखद् कुरो हो ।’ उनले भने, ‘विश्वविद्यालय सबैको साझा संस्था हो, यसलाई फलाउनु÷फुलाउन सबैको दायित्व हुन जान्छ ।’

विश्वविद्यालयमा यसअघि पनि विद्यार्थी सङ्गठन, प्राध्यापक सङ्घ/सङ्गठनबाट पनि तालाबन्दी हुँदै आएका छन् । जिम्मेवारीमुक्त गरिएका तत्कालीन उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टको पदावधि २० दिन मात्रै बाँकी छ । ‘तालाबन्दीले विश्वविद्यालयको धेरै काम प्रभावित हुँदै छन् ।’ केन्द्रीय कार्यालयका एक कर्मचारीले भने, ‘विश्वविद्यालयको सभाको तयारी पनि तालाबन्दीले प्रभावित हुन्छ कि भन्नेमा पुगिसकेका छौँ ।’ उनले विश्वविद्यालयका अध्यापन भने नियमित रहेको जानकारी दिए ।

विश्वविद्यालय सञ्चालनमा आएको आठ वर्षमा २४ पटकभन्दा बढी तालाबन्दी भइसकेको केन्द्रीय कार्यालयले जनाएको छ । नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य कैलाश चन्दले आगामी भदौ ७ गतेसम्म तालाबन्दी यथावत रहेन बताए । ‘७ गते यसअघि जिम्मेवारीबाट हटाइएका र अहिले पहिलेको उपकुलपति र रजिष्ट्रारको पदावधि सकिन्छ ।’ चन्दले भने, ‘त्यसपछि सरकारले विधि विधानतः उपकुलपति र रजिष्ट्रार नियुक्त गरे हामीलाई आपत्ति हुँदैन ।’रासस

प्रतिक्रिया दिनुहोस