२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अलैँचीखेतीतर्फ किसानको आकर्षण

अ+ अ-

डोटी । पछिल्लो समय जिल्लाका किसानको अलैँची खेतीमा आकर्षण बढेको छ । किसानले धान, मकै तथा कोदोलगायतका अन्न बाली उब्जानी हुने खेतीयोग्य जमीनलाई मासेर धमाधम अलैँची लगाउन थालेका छन् ।

अन्य बालीले भन्दा अलैँचीको आम्दानी बढी हुने भएकाले पनि अलैँची खेतीमा किसानको आकर्षण बढेको केआइसिंह गाउँपालिका काफलीका अलैँचीखेतीका किसान नारायण धामीले बताए । उनले भने, ‘अलैँचीको मूल्य पनि राम्रो भएको र अन्य खेतीजस्तो बढी मिहेनत पनि नगर्नु पर्ने भएकाले यसको आकर्षण बढेको हो ।’

खोल्सीको कालो सुन भनेर चिनिने अलैँची धान फल्ने खेत मात्र होइन, खोल्सा खोल्सीलगायत सबै ठाउँमा लाग्ने र खेर गएको ठाउँसमेत सदुपयोग गर्न सकिने भएका कारण अलैँचीको विस्तार गर्न थालिएको जोरायल गाउँपालिका–५ का अर्का अलैँची किसान शेरबहादुर देउवाले बताए ।

उनले भने, ‘अलैँचीका लागि खेतीयोग्य जमीन मात्रै हैन, पानी भएको खोल्सा भए नि हुन्छ, अन्य खेतीभन्दा अलैँची व्यवसाय गरे राम्रो आम्दानी हुनेछ ।’ यहाँका ग्रामीण क्षेत्रका धेरै घरका करेसाबारीमा समेत अलैँचीले ढाकेको छ । जेठको तेस्रो हप्तादेखि साउन अन्ति सातासम्म जिल्लामा अलैँचीको बिरुवा रोप्ने गरिन्छ ।

डोटीमा पहिलोपटक किसानले अलैँची लगाएर व्यावसायिक खेती गर्न थालेका हुन् । जिल्ला कृषि ज्ञान केन्द्र डोटीका अनुसार पछिल्लो समय यहाँका किसानले सयौँ रोपनी खेतमा अलैँची लगाएको बताइएको छ ।

अलैँचीका बिरुवाका पातमा रोग लागेर केही पात सुक्दै जान थालेपछि भने किसान चिन्तित भएका छन् । यहाँको केआइसिंह गाउँपालिकाले आफ्नो गाउँपालिकामा व्यावसायिकरुपमा अलैँची खेती गर्ने इच्छुक किसानलाई पूर्वी नेपालबाट अलैँचीका बिरुवा ल्याएर अनुदानमा वितरण गरिरहेको गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाहीले बताए ।

उनले भने, ‘अन्य खेतीभन्दा अलैँची खेतीमा बढी ध्यान दिने तथा अलैँची खेती गर्न इच्छुकलाई हामीले अलैँचीका बिरुवा वितरण गर्दैछौँ, हेरौँ कतिको फलदायी हुन्छ ।’ कृषि ज्ञान केन्द्र डोटीले अलैँची कृषकको क्षमता विकासका लागि जिल्लास्तरीय कार्यक्रम र स्थलगत घुम्ती तालीम, बगान व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको जनाएको छ ।

जिल्लाका नौवटा स्थानीय तहमध्ये अहिले जोरायल, केआइसिंह, बडीकेदार, बोगटानफुड्सिललगायतका क्षेत्रका किसानले अलैँचीखेती गर्दै आएका छन् । जिल्लामा करीब ४०० हेक्टरमा अलैँचीखेती हुँदै आएको बताएको छ ।

विसं १८३० को दशकमा पहिलोपटक सिक्किमबाट इलाम जिल्लाको जोगमाई गाउँमा अलैंचीको बिरुवा ल्याई खेती शुरु भएको कृषि मन्त्रालयको तत्थ्याङ्कमा उल्लेख गरिएको पाइन्छ । डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाको माटो, भौगोलिक वातावरणलगायत अन्य विभिन्न कारण अलैँची खेती गर्न उत्तम ठाउँ भएको र अलैँचीबाट राम्रो आम्दानी हुने डोटीका कृषि प्राविधिक मदन खड्काले बताए ।

उनले भने, ‘डोटीलगायत समग्र सुदूरपश्चिमका पहाडी जिल्ला अलैँचीखेतीका लागि योग्य र उपयुक्त ठाउँछ यहाँ अलैँचीखेती गरे किसानको राम्रै आम्दानी हुने निश्चित छ ।’ जिल्लामा उत्पादन हुने अलैँचीको बजारीकरणको जिम्मा सम्बन्धित स्थानीय निकायले लिने प्रतिबद्धता जनाएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस