२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढी तथा डुबानको समस्या समाधानका लागि एकीकृत कार्ययोजना’

अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तराई–मधेसको बाढी र डुबानको समस्या समाधानका लागि ठोस् नीतिसहित स्पष्ट कार्ययोजना बनाएर लागू गर्ने बताएका छन् ।

प्रदेश नं– २ का मुख्यमन्त्री लालबाबु राउतलगायतसँग आज मन्त्रालयमा भएको छलफलमा मन्त्री पुनले तराई–मधेशको समस्या समाधानका लागि केन्द्र सरकारले विशेष चासो दिएको भन्दै एकीकृत कार्ययोजना जरुरी रहेको बताएका हुन् । मन्त्री पुनले तराई–मधेश डुबानको दीर्घकालीन समाधानका लागि ठोस् कार्ययोजना आवश्यक भएकाले सोहीअनुसार केन्द्र र प्रदेश सरकार एकाकार भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

उनले बाढी र डुबान समस्यालगायत प्राकृतिक प्रकोपविरुद्ध केन्द्र सरकार र प्रदेश मिलेर अघि बढ्नुपर्ने धारणा राखे । मन्त्री पुनले प्रदेश नं २ बाढी डुबानबाट सबैभन्दा बढी प्रभावित भएको भन्दै स्थानीय जनतासँगको सहकार्यमा दुवै सरकारले काम गर्नुपर्ने बताए । ‘डुबानको जरो कुरा पत्ता लगाउन एकीकृत योजना बनाएरै अघि बढौँ, दुवै सरकारबीच समन्वय गरेर एकीकृत योजना बनाए मात्र दीर्घकालीन समस्या समाधान हुन्छ । नभए राज्यले हरेक वर्ष लगानी गरेर फाइदा हुदैन’, मन्त्री पुनले भने ।

उनले तत्कालीन समाधानले राज्यको अर्बौ पैसा खेर गएको भन्दै समस्या समाधानका लागि एकीकृत योजना बनाउनुको विकल्प नभएको बताए । प्रदेशका भौतिक पूर्वाधारमन्त्री जीतेन्द्र सोनलसहित मन्त्रालय पुगेका मुख्यमन्त्री राउतले तराई–मधेशमा भइरहेको बाढी डुबानको विषयमा मन्त्री पुनसँग छलफल गरेका हुन् ।

मुख्यमन्त्री राउतले मधेशमा हुने बाढी र डुबानको समस्याको दीर्घकालीन समाधान नखोजे अवस्था भयावह हुने बताए। उनले टालटुले समाधानले समस्याको हल नभएको भन्दै केन्द्र सरकारले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिए । उनले केन्द्र सरकारको ध्यान ठूला नदी व्यवस्थापनामा मात्र गएको भन्दै मधेशमा रहेका साना नदीले पनि क्षति पु¥याउने गरेको जानकारी दिए।

उनले ऊर्जामन्त्री पुनसँग मधेशमा बाढी र डुबानका कारण अर्बौको क्षति भएको भन्दै आगामी दिनमा समस्याको समाधानका लागि दीर्घकालीन योजना बनाइदिन आग्रह गरे। उनले भने, ‘हालसम्म टालटुलमर्मत गर्ने काम मात्र भयो, यसले हाम्रो समस्या समाधान भएन, ब्यापक रुपमा तटबन्ध निर्माण गर्नुपर्छ, दीर्घकालीन समाधान नखोज्ने हो भने समग्र भूभाग नै खतरामा पर्ने सम्भावना छ ।’

प्रतिक्रिया दिनुहोस