एक लाख घुससहित सूचना केन्द्रका अधिकृत पक्राउ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

एक लाख घुससहित सूचना केन्द्रका अधिकृत पक्राउ


१३ श्रावण २०७६, सोमबार


अख्तियार

काठमाडौँ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुका जनस्वास्थ्य अधिकृत (सातौँ तह) राम अवतार गुप्ता एक लाख घुससहित पक्राउ परेका छन्।

जनचेतनामुलक सामग्रीहरू रेडियोमा प्रचारप्रसार गर्न कोटेसन दिएर कमिसन बापत घुस लिइसकेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गुप्तालाई पक्राउ गरेको हो ।

उनलाई बबरमहलस्थित वन विभागको परिसबाट रकमसहित नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस