आधा दर्जन मन्त्रालयका वेबसाइट ह्याक « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आधा दर्जन मन्त्रालयका वेबसाइट ह्याक


१२ श्रावण २०७६, आइतबार


काठमाडौँ । सिँहदरवारस्थित आधा दर्जन मन्त्रालयका वेबसाइट ह्याक भएका छन् ।  अधिकारीका अनुशार डट जीओभी डट एनपी डोमेनमा दर्ता भएका ६ वटा वेबसाइट ह्याक भएका हुन् ।

आइतबार दिउँसो फेमिली अट्याक साइबर नामक फेसबुक पेजमार्फत ह्याक भएको जानकारी अधिकारीले दिएका छन् । वेवसाइट ह्याक भएका मन्त्रालयहरुमा सहरी विकास मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग र केन्द्रीय बीऊ बिजन परीक्षण प्रयोगशालाको वेबसाइट रहेका छन् ।

वेबसाइट खोलेर क्लिक गर्दा फेमिली अट्याक साइबर नामक फेसबुक पेजको लिंक खुल्ने गरेको छ । एक अध्ययन अनुसार सन् २०१७ मा मात्रै एकसय ६० वटा सरकारी वेबसाइट ह्याक भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस