नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवनियुक्त मुख्यन्यायाधिवक्ता थपलियाबाट सपथ


१२ श्रावण २०७६, आइतबार


हेटौंडा । प्रदेश नं ३ का नवनियुक्त मुख्यन्यायाधिवक्ता ओमप्रकाश थपलियाले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख अनुराधा कोइराला तथा मुख्यमन्त्री डोरमणि पौडेलको उपस्थितिमा प्रदेश प्रमुख कार्यालयको सभाकक्षमा आज आयोजित कार्यक्रममा पाटन उच्च अदालतका मुख्य न्यायाधीश कुमार चुडालले शपथ दिलाएका थिए । यसअघिका मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएकाले थपलियालाई यही साउन ८ गते सो पदमा नियुक्त गरिएको थियो ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस