पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन


१० श्रावण २०७६, शुक्रबार


सप्तरी । पूर्वमन्त्री चतुर्भुजप्रसाद सिंहको निधन भएको छ । सप्तरीको राजविराज नगरपालिका निवासी उनको आज (शुक्रबार)बिहान ६ बजे आफ्नै निवासमा निधन भएको हो ।

विसं १९८९ असोजमा जन्मिएका उच्च रक्तचापबाट पीडित सिंह ८७ वर्षीय सिंह विसं २०१९ देखि २०४६ सम्म पटक–पटक सूचना तथा सञ्चार, भौतिक योजना तथा यातायात र उद्योग तथा वाणिज्यमन्त्री बनेको उनका छोरा सुमनप्रसाद सिंहले जानकारी दिए ।

मुलुकमा प्रजातन्त्र स्थापना भएपछि पूर्वमन्त्री सिंहले सक्रिय राजनीति छोडेर समान्य जीवन बिताइरहेका थिए । उनका दुई छोरा र छोरी छन् । उनका जेठो डा. रमणप्रसाद सिंह चिकित्सक र कान्छा छोरा सुमनप्रसाद प्राध्यापक छन् ।स्व सिंहको आजै हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिने परिवारजनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस