कर्णालीका कर्मचारीलाई साइकल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्णालीका कर्मचारीलाई साइकल


९ श्रावण २०७६, बिहिबार


काठमाडौँ । कर्णाली प्रदेश सरकारले सरकारी कर्मचारीलाई साइकल वितरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका १० जना कर्मचारीबाट सुरु गरिएको साइकल वितरण अभियान प्रदेश मन्त्रालयका सबै कर्मचारीसम्म पु¥याउने तयारी रहेको छ ।

प्रदेश राजधानी वीरेन्द्रनगरलाई साइकल मैत्री सहरका रूपमा विकास गर्ने घोषणा अनुसार नै कर्मचारीलाई साइकल वितरण गरिएको हो ।

चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त कार्यक्रमका लागि प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । जसअनुसार पहिलो चरणमा प्रति साइकल ३० हजारका दरले १० वटा साइकल खरिद गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई वितरण गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस