बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सिडियोको सर्कुलर « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बबई नदीको तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सिडियोको सर्कुलर


८ श्रावण २०७६, बुधबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुलरिया, बर्दियाले बबई नदीको तल्लो तटीय क्षेत्रमा आज साँझसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

बबई नदीको चेपाङमा रहेको बाढी मापन केन्द्रमा पानीको सतह ५ दशमलव ४ मिटर पुगेकोले सो क्षेत्रका बासिन्दालाई सकर्तकता अपनाउन भनेको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी (सिडियो) राम बहादुर कुरुम्वाङ्गले एक सूचना प्रकाशित गर्दै वर्षा निरन्तर भइरहेकोले नदीमा काठ दाउरा समात्न, निकाल्ने कार्य अति जोखिमपूर्ण हुने भएकोले यस्तो अवस्थामा नदी किनारामासमेत नजान सचेत गराएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस