मौद्रिक नीति आज सार्वजनिक हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मौद्रिक नीति आज सार्वजनिक हुँदै


८ श्रावण २०७६, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) साझ मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । होटल र्याडिसनमा साँझ ४ बजे मौद्रिक नीति सार्वजनिक हुनेछ ।

ढिला गरी आउन लागेको यस पटकको मौद्रिक नीतिमा बैंकहरुको बिग मर्जरको इसु निकै चर्चामा रहेको छ । राष्ट्र बैंकले विग मर्जर कसरी ल्याउँछ, फोर्स मर्जर गर्छ वा गर्दैन् भन्ने विषयलाई चासोका रुपमा हेरिएको छ ।

असार २७ गते नै मौद्रिक नीति सार्वजनिक गर्ने भनिए पनि पर्याप्त छलफल गर्न बाँकी नै रहेकाले सार्वजनिक मिति पछि धकेलिएको थियो ।

चालु आर्थिक वर्षको (२०७६/०७७) को लागि आजै मौद्रिक नीति सार्वजनिक हुने नेपाल राष्ट्र बैंकका टेपुडी गर्भनर चिन्तामणी शिवाकोटीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस