स्वास्थ्यका कर्मचारीको समायोजन कहिले सकिन्छ ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

स्वास्थ्यका कर्मचारीको समायोजन कहिले सकिन्छ ?


७ श्रावण २०७६, मंगलबार


काठमाडौँ । कर्मचारी समायोजन समापन भएको सरकारी घोषणा गरेको पनि महिनौँ भई सकेको छ । तर स्वास्थ्य मन्त्रालय भने अझै समायोजन तथा व्यवस्थापन सम्बन्धी अत्यन्त जरुरी सूचना निकाल्नमै व्यस्त छ ।

मङ्गलवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्मचारी समायोजनका विषयमा मातहतका कर्मचारीलाई अत्यन्त जरुरी सूचना जारी गर्दै विभिन्न समूह र पदका कर्मचारीहरूको समायोजन गर्ने कार्य तीव्र गतिमा भइरहेको जनाएको छ ।

मन्त्रालयले कर्मचारीलाई खटिएकै स्थानमा समायोजनको पत्र पुर्‍याउने आश्वासन दिँदै वर्षात र विपद्को अवस्थालाई ख्याल गर्दै सेवामा खटिनसमेत आग्रह गरेको छ।

समायोजनपछिको पदस्थपनाको पत्र प्राप्त नहुँदासम्म समायोजन पत्र बुझेका कर्मचारी प्रदेश र स्थानीय तहमा खटेकाको हकमा सम्बन्धित प्रदेश र स्थानीय तहमा समायोजन ऐनको म्याद भित्र रमाना भई जान हुन र सङ्घ अन्तर्गत समायोजन भएका सबै स्वास्थ्यकर्मी कर्मचारीहरू र पुल दरबन्दीमा समायोजन भएका कर्मचारी पदस्थपनाको पत्र प्राप्त नहुँदासम्म साबिकको जिम्मेवारीमा नै कामकाज गरिरहन यो सूचना जारी गरिएको छ मन्त्रालयका उपसचिव भानुभक्त न्यौपानेद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

साथै विभागीय प्रमुख, महाशाखा प्रमुख तथा कार्यालय प्रमुखहरूलाई पदस्थापना पत्र प्राप्त नहुँदासम्म आफू मातहत कार्यरत चिकित्सक एवं स्थास्थ्यकर्मीहरुलाई समायोजन पत्रकै भरमा मात्र रमाना नगरी मौजुदा जनशक्तिबाट नै नियमित सेवा दिने व्यवस्था मिलाउनेसमेत भनेको छ ।

हेर्नुस् पत्र : 

प्रतिक्रिया दिनुहोस