२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अज्ञात समुहद्धारा वडा कार्यालयमा आगजनी

अ+ अ-

डोटी । डोटीको जोरायल गाउँपालिका वडा नं. ४ लक्ष्मीनगरको कार्यालयमा गए राति अज्ञात समूहद्वारा आगजनी गरिएको छ ।

आगलागीबाट वडा अध्यक्ष र वडा सचिवको कार्यकक्ष कोठामा रहेका कागजातहरू, दराज फर्निचर सहितका सम्पूर्ण सामाग्रीहरू नष्ट हुनुका साथै कार्यालयको छाना समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लाल बहादुर धामीले बताए ।

‘दलालहरू होसियार, भ्रष्टाचारी खबरदार, साङ्लो फिल्म चाहिँदैन, भ्रष्टाचार गर्न पाइँदैन,जोराइले जनता जिन्दाबाद, जनताको एकता जिन्दाबाद, जोरायले युवा एक हौँ’ लगायतका नाराहरू रहेको हस्त लिखित पर्चा घटना स्थलमा भेटिएको समेत प्रहरीले जनाएको छ ।

गत आर्थिक वर्षमा जोरायल गाउँपालिकाले चलचित्र ‘साङ्लो’का लागि १० लाख बजेट विनियोजन गरेर गाउँपालिकाका विभिन्न क्षेत्रमा उक्त चलचित्र छायाङ्न गर्न लगाएको कुराको स्थानीयले खुलेर निकै विरोध गरेका थिए । वडा कार्यालयमा आगजनी हुनुमा पनि त्यसको असर देखिएको हुन सक्ने केही स्थानीयवासीले अनुमान गरेका छन् ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मङ्गलवारदेखि देशभरमा सरकारी सवारी साधनमा प्रतिबन्ध लगाउने घोषणा गरेको अघिल्लो राती वडा कार्यालय जलाइएकोले नेकपाका कार्यकर्ता हुन सक्ने प्रहरीको अनुमान छ ।

वैशाख २४ गते राति यस्तै गरी डोटीको बडी केदार गाउँपालिका वडा नम्बर ४ मान्नाकापडीको वडा कार्यालय अज्ञात समूहबाट पूर्ण रूपमा नष्ट गरिएको थिए । सो घटनाको अहिले सम्म अनुसन्धान भइरहेको भए पनि घटनाको बारेमा केही पत्ता लागेको छैन स्थानीय सरकारका वडा कार्यालयमा आगजनी गरिनु डोटीको लागि द्रोस्रो घटना हो ।