तिलगंगा आँखा प्रतिष्ठानलाई ‘डब्लूएचओ’ को मान्यता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

तिलगंगा आँखा प्रतिष्ठानलाई ‘डब्लूएचओ’ को मान्यता


प्रशासन विशेष ब्युरो

६ श्रावण २०७६, सोमबार


काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन(डब्लूएचओ) ले तिलगंगा आँखा प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्रको रूपमा मान्यता दिएको छ।

२५ औँ वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा एक कार्यक्रमका बिच विश्व स्वास्थ्य सङ्गठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा प्रतिष्ठानलाई आफ्नो सहकार्य केन्द्रको मान्यता दिएको घोषणा गरेको हो।

आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले सो प्रतिष्ठानलाई आफ्नो समन्वय केन्द्रमा मान्यता दिइएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

डब्लुएचओको सहकार्य केन्द्रको मान्यता पाउने तिलगंगा नेपालको पहिलो आँखा अस्पताल हो।

प्रतिक्रिया दिनुहोस