महिला मृत अवस्थामा फेला « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महिला मृत अवस्थामा फेला


५ श्रावण २०७६, आइतबार


भक्तपुर । सूर्यविनायक नगरपालिकास्थित सिर्जनानगरको झाडीमा आज एक शव भेटिएको छ ।

सिर्जनानगर बस स्ट्याण्डसँगैको सडक पेटीको भित्तामा घाँसे झाडीभित्र अन्दाजी ५० देखि ५५ वर्षकी महिला मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

पहिचान खुल्न नसकेको मृतक महिलाको टाउकोमा चोट लागेको पाइएको जानकारी दिँदै उनले शव परीक्षणको रिपोर्टपछि मात्रै हत्या हो कि होइन थाहा हुने उनले बताए । घटनाको भने प्रहरीले सूक्ष्म अध्ययन शुरु गरेको उनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस