बन्दको अवज्ञा गरेको भन्दै बस तोडफोड « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बन्दको अवज्ञा गरेको भन्दै बस तोडफोड


४ श्रावण २०७६, शनिबार


झापा । बन्दको अवज्ञा गरेको भन्दै झापामा बस तोडफोड गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बिर्तामोड नगरपालिका–१० स्थित बुट्टबारीनजिकै शनिवार बिहान बसमाथि तोडफोड गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २७९५ नम्बरको सूर्योदय यातायातको बसमा तीन वटा मोटरसाइकलमा आएको एक समूहले ढुङ्गा प्रहार गरेको प्रहरीले जनाएको छ ।

संविधानले व्यवस्था गरेको समावेशी तथा आरक्षण कोटा लोक सेवा आयोगले कटौती गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंंघका आवद्ध संघ संस्थाहरुले प्रदेश १ मा शनिवार बन्दको घोषणा गरेका छ।

Tags :
प्रतिक्रिया दिनुहोस