२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पानीमा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो

अ+ अ-

वर्दिबास । महोत्तरीमा गत आर्थिक वर्ष २०७५/७६ मा डुबेर मृत्यु हुनेमा बालबालिकाको सङ्ख्या कहालीलाग्दो देखिन्छ । बितेको वर्ष दिनको अवधिमा १० महीनादेखि १२ वर्ष उमेरभित्रका १८ को डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको हो ।

गत आव २०७५/७६ मा बगेर र डुबेर मृत्यु हुने २७ को मृत्यु भएको प्रहरी अभिलेखमा उल्लेख छ । जसमध्ये यही असार अन्तिम साताको बाढी र डुबानमा परी सातको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्याम अधिकारीले जानकारी दिए ।

पछिल्लोपटक बाढी र डुबानमा परी मृत्यु हुनेमा पनि सात महीनादेखि १२ वर्षभित्रका बालबालिकाको सङ्ख्या पनि बढी छ । यसक्रममा मृत्यु भएका सातमध्ये चार १२ वर्षमुनिका र दुई १३/१४ वर्षीय किशोर छन् । यसक्रममा बाढीले बगेर एक ७० वर्षीय वृद्धको पनि मृत्यु भएको छ ।

यसबाहेक गत जेठसम्म बगेर र डुबेर मृत्यु हुने २० मध्ये १५ बालबालिका रहेको अभिलेखमा देखिन्छ । सो सङ्ख्यामा १० महीनादेखि अधिकतम १० वर्ष उमेरका बालबालिका परेका प्रहरी उपरीक्षक अधिकारी बताउनुहुन्छ । यसबाहेक ६५ वर्ष उमेर कटेका दुई र तीन बयस्क पुरुष परेका छन् ।

वर्षभरि यसरी मृत्यु हुनेमा १२ पोखरीमा डुबेका पाइएको छ । यसरी मृत्यु हुने बालबालिकामा दुईको घर अगाडि जमेको पानीमा डुबेर र दुई साना नानीको त घरमै राखिएको पानीको भाँडामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । यसबाहेकका नुहाउने क्रममा पोखरीको डिलबाट चिप्लेर पानीमा डुबेका छन् ।

यस्ता घटनामा बालबालिका पर्नुमा अभिभावकको बेवास्ता मुख्य कारण रहेको प्रहरी अधिकारीको भनाइ छ । नदी र पोखरीमै तीन वर्षदेखि १० वर्षका बालबालिका नुहाउन जाँदा घरका अभिभावक बेखबर देखिएको प्रहरी बताउँछन् । अभिभावकले आफ्ना साना सन्तानबारे चासो नदेखाउँदा अकालमा बालबालिकाको ज्यान गएको देखिन्छ ।रासस

प्रतिक्रिया दिनुहोस