गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गायक प्रमोद खरेल सद्भावना दूत नियुक्त


२ श्रावण २०७६, बिहिबार


भद्रपुर । ख्यातिप्राप्त नेपाली गायक प्रमोद खरेललाई झापाको कचनकबल गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ ।

नेपालको सबैभन्दा होचो स्थानमा रहेको सो गाउँपालिकाले पर्यटकीय प्रवरद्धनमा सघाउ पुग्ने अपेक्षा गर्दै सोही ठाउँमा जन्मेका गायक खरेललाई चौथो गाउँसभाबाट सद्भावना दूत नियुक्त गरेको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले बताए ।

सो गाउँपालिकामा कक्षा १२ सम्म अध्ययन गर्ने सबै विद्यार्थीलाई र क्याम्पस तहमा पढ्ने छात्रालाई निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ भने सबै माध्यमिक तहमा कम्प्युटर शिक्षा अनिवार्य गरिएको छ । आर्थिक वर्ष २०७६/७७ का लागि ४७ करोड ६० लाखको बजेट पारित गरेको सो गाउँपालिकाले बनियानी स्वास्थ्य केन्द्रमा मिर्गौला रोगीका लागि निःशुल्क डाइलासिस सेवा प्रदान गर्न एक करोड बजेटको व्यवस्था गरिएको अध्यक्ष आलमले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस