२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओढारमा बस्दै आएका वृद्धले पाउने भए घर

अ+ अ-

म्याग्दी । गत एक महीनादेखि ओढारमा बस्दै आएका म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङका हीराबहादुर पुर्जा अब घरमा बस्न पाउने भएका छन् । ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, बीचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यही ओढारमा विगत एक महीनादेखि अत्यन्त टिठ लाग्दो अवस्थामा बस्दै आएका पुर्जालाई रघुगङ्गा गाउँपालिकाले घर बनाइदिन शुरु गरेको छ ।

यही असार २३ गते राससमा प्रकाशित ‘६५ वर्षीय वृद्धको ओढारमा बास, न कोही आफन्त, न खाने गाँस’ शीर्षकको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशन/प्रशारण भएपछि गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीको पहलमा घर बनाउने अभियान शुरु भएको हो ।

आगामी आर्थिक वर्ष ‘अध्यक्षसँग खरको छाना फेर्ने योजना’ अन्तर्गत कार्यपालिकाको बैठकबाट हीराबहादुर र उनका दाइ तुलबहादुरको लागि पहिलो घर बनाउने अभियान शुरु गरेको गाउँपालिकाका अध्यक्ष भण्डारीले बताए । घर निर्माणका लागि चाहिने सामग्री ढुवानी गरेर घर बनाउने स्थान तिप्ल्याङमा पु¥याइसकिएको उनले जानकारी दिए ।

तिप्ल्याङका स्थानीयको सहयोगमा तीन आना जग्गा उपलब्ध गराएर उनको घर निर्माण गर्ने तयारी गरिएको भण्डारीको भनाइ छ । घर निर्माण हुने समयसम्मको लागि उनीहरुको लागि चाहिने खाद्यान्य तथा लत्ताकपडाको व्यवस्थासमेत गरिएको छ ।

घरजग्गा केही नभएका (सुकुम्वासी) पुर्जा यसअघि आफ्ना दाजु तुलबहादुर (लोदे) पुर्जासँगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्नुहुन्थ्यो । ८० वर्षीय दाजु लोदेसँग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थाल्नुभएको रघुगङ्गा गाउँपालिका–१ का वडासदस्य बलमान गौचनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस