बाढी, पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार, ६० जनाको मृत्यु « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बाढी, पहिरोमा परेका १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार, ६० जनाको मृत्यु


२९ असार २०७६, आइतबार


काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परेकामध्ये आइतबार साँझसम्म १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार गरिएको छ ।

जसमध्ये काठमाडौंमा २ सय ८५ जना, ललितपुरमा ६१ जना, उदयपुर १० जना, रौतहटमा २ सय जना, महोत्तरीमा ५ सय जना, सिराहामा २ जना, सर्लाहीमा १ सय जना, सप्तरीमा २५ जना, सिन्धुलीमा ७० जना, धादिङमा १७ जना, चितवन १ सय ७० जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १र१ जना गरी जम्मा १ हजार ४ सय ४४ जनाको सकुशल उद्दार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।

बाढी, पहिरो र डुबानमा परी काठमाडौंमा ३ जना, ललितपुर, रौतहट र भोजपुरमा ५र५ जना, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४र४ जना, खोटाङ र काभ्रेमा ३र३ जना, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २र२ जना तथा ईलाम, पाँचथर, सुनसरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १र१ जना गरी हालसम्म जम्मा ६० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये २४ जना महिला ३६ जना पुरुष रहेका छन् ।

बाढी पहिरोमा परी डोल्पामा ७ जना, सिन्धुलीमा ४ जना, ईलाम र मोरङमा ३र३ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, रौतहट, सिराहा, धनुषा, धादिङ र दाङमा १र१ जना गरी २६ जना वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये १२ महिला र १४ जना पुरुष छन् । वेपत्ताको खोजी कार्य जारी छ ।

साथै धनकुटामा ८ जना, मकवानपुरमा ४ जना, ललितपुर र सिराहामा ३र३ जना, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २र२ जना तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १र१ जना गरी जम्मा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये १७ महिला र २१ पुरुष रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

यसैगरी वर्षाको कारण मकवानपुर ईन्द्रसरोबर गाउँपालिका-५ महालक्ष्मीखोला नजिक पहिरो आई फाखेल हुँदै काठमाडौंतर्फ जाने सडकखण्ड अबरोध भएकोमा प्रहरीले एकतर्फी बाटो खुलाएको छ । पाल्पा तिनाउ गाउँपालिका(३ सिद्धबाबा नजिक पहिरो गई सिद्धार्थ राजमार्ग अवरोध भई आइतबार बिहान एकतर्फ खुल्ला भएकोमा दिउँसोबाट पुनस्बन्द भएकोले खुलाउने पहल भइरहेको छ ।

कतिपय स्थानमा भएको बाटो अवरोध हटाउने कार्य प्रहरीले जारी राखेको छ । जसमध्ये ललितपुर भट्टेडाँडादेखि हेटौंडा जाने सडकखण्ड, मकवानपुर सिस्नेरी फर्पिङ सडक, रामेछाप सेलेघाट सडकखण्ड, मुस्ताङको बेनी जोमसोङ सडकखण्ड, मनाङको बेशिसहर मनाङ सडकखण्ड, ओखलढुङगाको मानेभज्याङस्थित सिद्दिचरण राजमार्ग, भोजपुरको गजुरमुखी भीरस्थित सडकखण्ड, धनकुटाको पाख्रीबासस्थित हिले भोजपुर सडकखण्ड, रौतहटको चपुर गौर सडकखण्ड, महोत्तरीको जनलकपुर जलेश्वर सडकखण्ड, कालिकोटको शुभकालिकास्थित कर्णाली राजमार्ग लगायत विभिन्न स्थानमा भएको सडक अवरोध खुलाउने कार्य हाल जारी छ ।

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुवानबाट प्रभावित स्थानहरुमा भएको क्षति न्यूनीकरण र उद्दारमा सम्बन्धित प्रदेशका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षकहरु लगायत विभिन्न प्रहरी कार्यालयहरुबाट प्रहरी कर्मचारीहरु उद्धारमा सक्रिय रुपमा संलग्न रहेका छन् ।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस