स्थानीयवासीको सक्रियतामा सडक निर्माण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

स्थानीयवासीको सक्रियतामा सडक निर्माण


२९ असार २०७६, आइतबार


बेझाड । रामपुर नगरपालिकाका स्थानीयवासीले चक्रपथसहितको सडक निर्माण गरेका छन् । काभ्रेघारी, गैरी बगैँचा, बाटुली चौतारी हुँदै मौरी आँप जोड्ने ढिकभेग चक्रपथसहितको सडक निर्माण गरेका हुन् ।

आफ्नो गाउँ आफै बनाऊ भन्ने भनाइलाई आत्मसाथ गर्दै यहाँका ४० घरपरिवारका स्थानीयवासीले एक हजार ४०० मिटरको चक्रपथसहितको सडक निर्माण गरेपछि पैदल तथा सवारी साधनमा आवतजावत गर्न सजिलो भएको छ ।

सडक निर्माण भएपछि यस क्षेत्रका ४० घरपरिवार दुई सय स्थानीयवासीमा प्रत्यक्ष सुविधा पुगेको स्थानीय उपेन्द्र अधिकारीले बताए । रामपुर नगरपालिकाको रु दुई लाख आर्थिक सहयोग र एक सय भन्दा बढी स्थानीयवासीको जनसहभागितामा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष जगन्नाथ तिमिल्सिनाले बताए ।

सडक निर्माणले मुख्य सडकसम्म पुग्न, खेतबारीमा आवतजावत गर्न, कृषिजन्य सामग्री ओसारपसार गर्न, सवारी साधन गुडाउन सजिलो परेको छ । नगरपालिका र वडा कार्यालयमा रकम माग गरेर सो सडक ग्राबेल गर्ने योजना उपभोक्ता समितिको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस