नेपालले जित्यो टी–२० सिरिज, ६ रनले हार्‍यो मलेसिया « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपालले जित्यो टी–२० सिरिज, ६ रनले हार्‍यो मलेसिया


२९ असार २०७६, आइतबार


काठमाडौं । दोस्रो टी–२० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ ।

नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्रै बनायो । सुरुवाति राम्रो गरेको मलेसियाले अन्तमा आएर हर व्यवहोर्नुपरेको छ ।

मलेसियाका लागि ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् ।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले २–२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १–१ विकेट हात पारे ।

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो । पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । ज्ञानेन्द्र मल्ल ७ र पारस खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टी–ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस