६० प्रतिशत काम गरेर १०० प्रतिशतको मूल्यांकन हुने परिपाटी रहनु हुँदैन : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

६० प्रतिशत काम गरेर १०० प्रतिशतको मूल्यांकन हुने परिपाटी रहनु हुँदैन : प्रधानमन्त्री ओली


२७ असार २०७६, शुक्रबार


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले साठी प्रतिशत काम गरेर सय प्रतिशतको मूल्यांकन हुने परिपाटी रहनु हुँदैन भन्ने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको आयोजनामा हिजो सिंहदरबारमा सुरु भएको आर्थिक वर्ष २०७५/७६ को वार्षिक समीक्षा कार्यक्रमको समापनका अवसरमा निर्देशन–मन्तव्य व्यक्त गर्ने क्रममा उनले आज उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले गएको वर्ष शासकीय सुधार, कानुनी राज र सुशासनका क्षेत्रमा महत्वपूर्ण काम भएर विकास, निर्माणको आधार तयार भएको र आर्थिक वृद्धि दर ऐतिहासिक रुपमा बढेको बताउँदै भने, अब वितेको वर्षका कमी कम्जोरीबाट समेत पाठ सिक्दै समयसारिणी बनाएर काम अघि बढ्नु पर्दछ । आउने वर्ष कुनै तर र यदिलाई सहन गर्न नसकिने बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणको कामको अनुगम प्रणालीलाई अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याए ।

सरकारले हाल विकसित गरेको अनुगमन प्रणालीले कामको गति बढाउन मद्दत गर्ने धारणा व्यक्त गर्दै उनले राष्ट्रिय गौरवका आयोजनाहरुमा साउन १ गतेदेखि पुरानो र सुस्त गतिलाई त्यागेर प्रभावकारी रुपमा काम अघि बढाइएको देख्न पाइने विश्वास व्यक्त गरे । मन्त्री, सचिवलगायत सम्बन्धित सबैलाई आ–आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक वोध गर्न गर्दै जेठ १५ गते वजेट पारित भइ विनियोजन विधेयक समेत समयमै पारित भएको अवस्थामा समेत अन्तिम समयमा आएर काम गर्न थालिएको अवस्थालाई इंगित गर्दै उनले भने, अवस्थामा खासै अन्तर देखिएन । यसतर्फ सबैले गम्भीर हुनु पर्दछ ।

सरकारका विभिन्न मन्त्रालयहरुबीच प्रभावकारी समन्वय हुनु पर्ने कुरामा जोड दिंदै प्रधानमन्त्रीले भने, बाटो किन बनेन भन्दा अर्को निकायले पोल सारिदिएन भन्ने परिपाटीको अन्त्य हुनु पर्दछ । प्रशासकहरुले समन्वय, निर्देशन र कार्यान्वयन गराउने कुरामा गम्भीरतापूर्वक ध्यान पु¥याउन प्रधानमन्त्रीले निर्देशन दिए ।

सरकारका सदस्य वा उच्च पदाधिकारीको परस्परमा बाझिएका धारणा सार्वजनिक हुन नहुने बताउँदै प्रधानमन्त्रीले रिर्पोटहरुलाई पुष्टि नगरी विश्वास गर्न नहुने धारणा व्यक्त गरे । उनले भने रिर्पोट सुनेर वास्तविकता के छ पत्ता लगाउनोस, कर्मचारीले कतिसम्म जिम्मेवारीपूर्वक काम गरेका छन हेर्नुस् ।

जनताको काममा ढिलासुस्ति हुनै नहुने बताउँदै उहाँले भन्नु भयो, लोकतन्त्र विकास र जनताले पाउने सुविधा प्राप्त गराउने व्यवस्था हो । तजविजी अधिकार प्रयोग गर्दै ढिलासुस्ती गरे पनि हुने व्यवस्था होइन । प्रधानमन्त्रीले केही बाटो निर्माण कार्य र परियोजनाहरुको उदाहरण दिंदै ढिलासुस्ती त्याग्न निर्देशन दिए ।

विकास निर्माणका सम्बन्धमा गलत व्रिफिङ हुन भएन भन्दै प्रधानमन्त्रीले थपे, उपलब्धि हासिल हुने गरी काम हुनु प¥यो । सरकारका सबै सदस्य, उच्च प्रशासकलगायत सबैले जिम्मेवारीवोध गर्नै पर्ने कुरामा जोड दिंदै उनले नयाँ कामका लागि अगाडि बढाइएका प्रयासलाई तुहाउने गरी कोही पनि गैरजिम्मेवार बन्नु हुँदैन् । सबैले आफ्नो कर्तव्य पालना गर्नै पर्ने कुरामा उनको विशेष जोड थियो ।

काम गरेको तरिका नमिलेको प्रसंग उठाउँदै उनले यसलाई गम्भीरतापूर्वक लिन म साथीहरुलाई भन्न चाहन्छु । सरकारका काम–कार्वाहीमा मितव्ययिता अपनाउने कुरालाई निरन्तरता दिनै पर्ने बताउँदै उनले भने, आगमी वर्ष यस नीतिमा अलि कडाइ गरिनेछ ।

भ्रष्टाचार र अनुचित कार्यप्रति कडाइ गरिएको प्रसंगमा चर्चा गर्दै उनले भने, मातहतका कर्मचारीलाई भनिदिनोस हरेकको अनुगमन भइरहेको छ । कुनै पनि बेला कोही पनि गिरफ्तारीमा पर्न सक्छ । सबैमाथि विश्वास गरिन्छ, तर हरेकमाथि निगरानी पनि गरिन्छ ।

जिम्मेवारी र सकृयता बढाउनु पर्ने कुरामा जोड दिंदै प्रधानमन्त्रीले उनल भने, अलपत्र ठेक्का, भद्रगोल ठेक्कामा कारवाही गर्नै पर्छ । राजधानीको विकास र निर्माण अनि सौन्दर्यमा सम्बन्धित सबै मन्त्रालयले विशेष ध्यान पु¥याउनै पर्ने विचार व्यक्त गदैै उनले भने, सफा, हरियाली युक्त काठमाण्डौ बनाउनै प¥यो । उनल भने, काठमाण्डौलाई विशेष ध्यान दिन मन्त्रालयहरुलाई आव्हान गरे ।

शान्ति सुरक्षाउपर नै चुनौति उत्पन्न गर्न दुष्प्रयास भइरहेका बेला प्रहरीले अझ सशक्त र सकृय भएर कर्तव्य निर्वाह गर्नु पर्ने धारणा उनले राखे । आउने आर्थिक वर्षमा सबै मन्त्रालय तथा निकायहरुबीच समन्वयात्मक र सकृयताका साथ काम हुने विश्वास व्यक्त गर्दै उहाँले नेपालको पर्यटनजस्तो आर्थिक विकासको मेरुदण्डका विरुद्ध हुने षडयन्त्रलाई परास्त गर्नु पर्ने धारणा व्यक्त गरे ।

प्रधानमन्त्रीले सरकारका राम्रा र असल कामहरुलाई ओझेलमा पर्न दिनु हुँदैन भन्दै प्रधानमन्त्रीले सकारात्मक कामहरुका बारेमा जनतालाई हामीले बताउनु पर्दछ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस