बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु, सातजना बेपत्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाढी पहिरोबाट देशभर १७ जनाको मृत्यु, सातजना बेपत्ता


२७ असार २०७६, शुक्रबार


काठमाडौं । बिहीबारदेखि सुरु भएको अविरल वर्षाका कारण हालसम्म १७ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार काठमाडौं, काभ्रे, रामेछाप, भोजपुर, ललितपुर, खोटङ, मोरङ, दोलखा, धनकुटा, महोत्तरी, पाँचथर, सुनसरी, मकवानपुर, पर्सा, धादिङ, सिन्धुली र इलाममा गरी जनाको मृत्यु भएको छ ।

काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा बलराम खत्रीको घरको पर्खाल भत्किँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

शर्मीला यादव, निलु यादव र कुन्दन यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । धादिङमा घर भत्किँदा गजुरीकी आठ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ । काभ्रेको बनेपा नगरपालिका ३ चुनातालमा घरमाथिबाट खसेको पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोमा दंगाल र सोहनी दंगाल रहेका छन् ।

त्यसेगरी रामेछापमा पनि पहिरोमा पुरिएर एकजनाको मृत्यु भएको छ ।

दुईदिनदेखि परेको अविरल वर्षाका कारण अहिलेसम्म पाँचजना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढी तथा पहिरो परी सात जना घाइते भएकोसमेत प्रहरीले जनाएको छ ।

बाढी, पहिरो तथा डुबानमा परेका प्रभावित क्षेत्रहरुमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट जनशक्ति र श्रोतसाधन परीचालन गरिएको समेत प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस