पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्वप्रधानमन्त्री नेपाल र श्रीलङ्काली नेताहरुबीच भेटघाट


२७ असार २०७६, शुक्रबार


काठठमाडौं । श्रीलङ्का भ्रमणमा रहेका नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले त्यहाँका शीर्ष नेताहरुसँग भेटघाट गरेका छन् । उनी श्रीलङ्का कम्युनिष्ट पार्टीद्वारा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथिका रुपमा भाग लिन कोलम्बो पुगेका थिए ।

बिहीबार वरिष्ठ नेता नेपाल र श्रीलङ्काका प्रधानमन्त्री रनिलविक्रम सिंगे, सभामुख करु जयासूर्या, पूर्वराष्ट्रपति महिन्द्रा राजापाक्ष, श्रीलङ्का कम्युनिष्ट पार्टीका अध्यक्ष राजाको लुरलगायतसँग भेटघाट भएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

भेटका अवसरमा नेपाल र श्रीलङ्काबीचको मित्रतापूर्ण सम्बन्धका बारेमा चर्चा हुनुका साथै बुद्धको जन्मस्थान नेपाल र बौद्धमार्गी मुलुक श्रीलङ्काबीच जनस्तरको सम्बन्ध विस्तारमा जोड दिइएको थियो ।

लामो समय द्वन्द्व भोगेका दुवै मुलुकका नेताहरुले आ–आफ्नो देशका द्वन्द्व समाधानका अनुभवका बारेमा चर्चा गरेका थिए । भेटघाटमा श्रीलङ्कास्थित नेपाली राजदूत डा.विश्वम्भर प्याकुरेलको सहभागिता थियो । असार २३ गते कोलम्बो प्रस्थान गरेका वरिष्ठ नेता नेपाल असार २९ गते स्वदेश फर्किने कार्यक्रम छ ।

Tags :
प्रतिक्रिया दिनुहोस