श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, २ जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

श्रीमानसँग मिलेर पूर्वप्रेमीको हत्या, २ जना पक्राउ


२५ असार २०७६, बुधबार


घुससहित रंगेहात पक्राउ

कैलाली । कैलालीमा श्रीमानसँग मिलेर एकजना महिलाले पूर्वप्रेमीको हत्या गरेकी छन् । तीन दिनअघि आइतबार हत्या भएको भएपनि घटनाबारे बुधबार मात्र थाहा भएको हो।

जिल्लाको चुरे गाउँपालिका–६, मड भन्ने ठाउँमा मजदुरी गर्ने गुल्मी जिल्लाका अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या भएको हो। उनको शव गाडेको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

कुँवरको हत्या सोही ठाउँका लालबहादुर लामा र उनकी श्रीमती कल्पना लामाले गरेको जिल्ला प्रहरी कार्यालयले कैलालीले जनाएको छ। कुँवर कल्पनाका पूर्वप्रेमी रहेको प्रारम्भीक अनुसन्धानमा खुल्न आएको छ।

कुँवर आफ्नी श्रीमती कल्पनाको पूर्वप्रेमी रहेको लालबहादुर थाहा पाएपछि दुवैले सल्लाह गरेर कुँवरको हत्या गरेको कल्पना र लालबहादुरले प्रहरीलाई बताएका छन्।

गत आइतबार असार २२ गते कल्पना र लालबहादुरले कुँवरको हत्या गरी नजिकैको सिमसेला खोला किनारामा गाडेका थिए।

उनको शव उत्खनन गरी पोष्टमार्टमका लागि धनगढीस्थित सेती अञ्चल अस्पतालमा राखिएको इलाका प्रहरी कार्यालय फल्टुडेका प्रमुख प्रहरी निरीक्षक माधव विश्वकर्माले बताए।

कल्पना र लालबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ। प्रारम्भीक चरणमा दुवैले सल्लाह गरी आफूले घटना घटाएको स्वीकार गरिसकेको प्रहरीको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस