विषादीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

विषादीबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश


२५ असार २०७६, बुधबार


ठमाडौं । भारतबाट आयात हुने फलफूल र तरकारीमा विषादी परीक्षण रोक्ने मन्त्रिपरिषद्‌को निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले यस सम्बन्धी दायर भएका तीन थान निवेदनमा आदेश गर्दै भन्सारमा परीक्षणको व्यवस्था मिलाउन भनेको हो। विषादी चेकजाँच नगरी भारतीय तरकारी र फलफूल भित्रन दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मंगलबार विभिन्न तीन थान रिट निवेदन दायर भएका थिए।

उपभोक्ता हित संरक्षण मञ्च, स्वतन्त्र राष्ट्रिय अभियान र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले फरकफरक रिट दर्ता गराएका हुन्।

भारतीय दबाब बढेपछि तरकारी तथा फलफूलमा मिसाइने विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछाडि हटेकोले उक्त निर्णय रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी गर्न माग गरिएको थियो।

विषादीयुक्त फलफूल तथा तरकारी प्रयोग गर्दा गर्भवतीहरु प्रभावित हुने र भविष्यमा जन्मिने बच्चालाई समेत असर गर्ने हुँदा परीक्षण नगरिने निर्णय जनस्वाथ्यको रुपमा गलत भएको दाबी निवेदनमा गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस