प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजीलाई दिइने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी डीआईजीलाई दिइने


२५ असार २०७६, बुधबार


काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) लाई प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी दिइने भएको छ ।

राज्य व्यवस्था समितिले प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकमा सरकारले अगाडि सारेकै प्रस्तावमा सहमति जुटेको हो ।

यसअघि पूर्वगृहमन्त्री एवं नेकपा नेता जनार्दन शर्माले एआईजीलाई प्रदेश प्रहरी प्रमुख बनाउनुपर्ने प्रस्ताव राखेका थिए ।

सात प्रदेशमा सात डीआईजीसहित ५५ हजार प्रहरी समायोजन भएर जानेछन् । संघमा २० हजार मात्र रहनेछन् । संघबाट प्रदेशमा जाने प्रहरीको संघमा आउने बाटो भने खुलै रहनेछन ।

समितिका सदस्य झपट रावलका अनुसार डीआईजीलाई प्रदेश प्रहरीको कमाण्डर बनाएर पठाउँदा त्यो पदको नाम के राख्ने भन्ने चाहिँ टुंगो लागेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस