एसीसी यू–१९ : नेपाली टोली आज स्वदेश फर्किंदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसीसी यू–१९ : नेपाली टोली आज स्वदेश फर्किंदै


२५ असार २०७६, बुधबार


काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधिसँगै एसिया कपमा स्थान बनाएको नेपाली यू–१९ क्रिकेट टोली आज स्वदेश फर्किंदै छ ।

हङकङमाथि ६ विकेटको जितसँगै नेपालले उपाधि जितेको थियो । उपाधिसँगै श्रीलंकामा हुने एसिया कपमा स्थान बनाएको टोली आज स्वदेश फर्किन लागेको हो ।

बेलुका ९ बजे टोली काठमाडौं आइपुग्ने बताइएको छ ।

कप्तान रोहित कुमार पौडेल र पवन सर्राफ भने मलेशियामै रहेको सिनियर टोलीमा सहभागि हुने छन् ।

रोहित र पवन एसिया छनोट प्रतियोगिताका लागि राष्ट्रिय टोलीमा सामेल छन् ।

प्रतिक्रिया दिनुहोस