घूस लिँदै, पास गराउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

घूस लिँदै, पास गराउँदै


२४ असार २०७६, मंगलबार


धर्म रूपान्तरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुका अधिकृत रामबहादुर कर्माचार्यले घूस लिएर परीक्षामा फेल भएका परीक्षार्थीलाई पास भएको शैक्षिक प्रमाणपत्र जारी गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  घूस लिई परीक्षा नतिजा फेरबदल गरेको आरोपमा अधिकृत कर्माचार्यविरुद्ध सोमबार मुद्दा चलाएको हो  ।

कर्माचार्यसहित भक्तपुर क्याम्पस, दूधपाटीका शिक्षण सहायक सुरेन्द्रप्रसाद कोइराला र अर्का एक परीक्षार्थी केदार भट्टराईविरुद्ध पनि मुद्दा परेको छ ।

कोइरालाले पनिकाबाट मानविकी संकायका तीन विषयमा नम्बर थप्न लगाएर प्रमाणपत्र लिएका थिए । उनी अधिवक्तासमेत भएकाृ जनाएको छ । परीक्षाको परिणाममा फेरबदल गर्न कर्माचार्य र कोइरालाबीच ४ लाख ५० हजार रुपैयाँ लेनदेन भएको पाइएको अख्तियारले जनाएको छ ।

कर्माचार्य पनिका गोप्य शाखाका मानविकी संकायका अधिकृत हुन् ।

स्नातकोत्तर मानविकी संकायको अर्थशास्त्र, ग्रामीण विकास र सामाजिक शास्त्र विषयको परीक्षाफल प्रकाशनमा नम्बर थपिएको हो ।

‘अर्थशास्त्रमा गोल्ड मेडल ल्याउने उद्देश्यले अरू परीक्षार्थीको भन्दा बढी नम्बर ल्याउन अनुचित ढंगले नम्बर थपेको पाइयो,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘त्यस्ता व्यक्तिलाई सन् २०१९ को विश्वविद्यालयको दीक्षान्त हुँदा प्रथमको हकदार बनाइएको भेटियो ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस