राखेपको सदस्य सचिवमा रमेश सिलवाल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राखेपको सदस्य सचिवमा रमेश सिलवाल


२३ असार २०७६, सोमबार


काठमाडौं । रमेश सिलवाल राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव नियुक्त भएका छन् ।

नेपाल भलिबल संघको सिफारिसमा राखेपको बोर्ड सदस्य नियुक्त भएसंगै उनी सोमवार नै चार वर्षको कार्यकालका लागि राखेपको सदस्य सचिव भएका हुन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार सिलवाललाई सदस्य सचिव नियुक्त गरेका हुन् ।

केशवकुमार विष्टको कार्यकाल यही असार ९ गते सकिएपछि यो पद रिक्त रहेको थियो । यो पदका लागि निवर्तमान सदस्यसचिव विष्टसँगै दानबहादुर तामाङ, नेपाल तेक्वान्दो युनियनका अध्यक्ष शिव कोइरालालगायत पनि दावेदार थिए ।

तत्कालीन एमालेको युवा संघको उपाध्यक्ष भइसकेका सिलवाल प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छन् ।

गोल्डेन गेट कलेजका सञ्चालकसमेत रहेका उनी मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष हुन् । सिलवाललाई यसअघि तदर्थ समितिमार्फत नेपाल क्रिकेट संघ ९क्यान०को नेतृत्वमा स्थापित गर्न खोजिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस