गृहप्रशासन र सुरक्षा निकायमा वृत्ति विकास पुनः सञ्चालन गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

गृहप्रशासन र सुरक्षा निकायमा वृत्ति विकास पुनः सञ्चालन गरिने


२३ असार २०७६, सोमबार


काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले समग्र शान्तिसुुरक्षालाई थप बलियो बनाई सुरक्षा प्रणालीलाई भरपर्दो र विश्वसनीय बनाइने बताएका छन् ।

राष्ट्रियसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत गृह मन्त्रालयसँग सम्बन्धित उठेका प्रश्नको जवाफ दिँदै उनले निर्मला पन्तलगायतको हत्यामा संलग्नलाई कानूनी कठघरामा ल्याउने कार्यमा सरकार लागिरहेको बताए ।

सुरक्षा निकायको आवश्यकतानुसार मनोबल उच्च बनाउन आवश्यक सुविधा बढाउने व्यवस्था गरिएको जानकारी दिँदै उनले कैदीबन्दीलाई तालीम प्रदान गरी काममा लगाउन बजेट विनियोजन भएको जानकारी दिए ।

गृहमन्त्री थापाले तस्करीलगायत सङ्गठित अपराधविरुद्ध ठूलो सफलतामा हासिल भएको तथा तस्करी र सङ्गठित अपराध घटाउने विषयमा काम भइरहेको बताए । उनले गृहप्रशासन र सुरक्षा निकायमा लामो समयदेखि रोकिएको वृत्ति विकास पुनः सञ्चालन गरिने बताए ।

उनले स्थानीय सरकारको नेतृत्वमा लागूऔषध रोकथाम र पुनःस्थापना अभियान सञ्चालन गरी हिंसारहित समाज बनाउने अभियान शुरु गरिएको बताउँदै सीमा नाकामा भएका गतिविधिमा निगरानी गर्न क्यामेरा जडान गरिने जानकारी दिए ।

उनले नेपालको संविधान, कानून र देशको मार्गचित्रलाई व्यवस्थित गर्न सरकारले शुरु गरेको राष्ट्रिय परिचयपत्र वितरण दुई वर्षभित्रसम्म सम्पन्न गर्ने योजना रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस