प्रतिनिधिसभामा तीन विधेयक पेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रतिनिधिसभामा तीन विधेयक पेश


२२ असार २०७६, आइतबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सदनसमक्ष तीन विधेयक पेश भएको छ । बिरुवा संरक्षण(पहिलो संशोधन) विधेयक, २०७५, बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ र खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश भएका हुन् ।

दुई विधेयक कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले र खानेपानीमन्त्री बीना मगरले खानेपानी तथा सरसफाइ विधेयक, २०७५ पेश गरेका हुन् । त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीकोतर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए । प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार ११ बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस