२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालश्रम न्यूनीकरण अभियान शुरु

अ+ अ-

विदुर । विदुर नगरपालिकाको सहयोग तथा सामुदायिक विकास केन्द्र नेपाल र जालपा मिडिया सर्भिसको सहजीकरणमा विदुर नगरपालिकामा बालश्रम न्यूनीकरण अभियान शुरु भएको छ । प्रारम्भिक चरणमा नगरपालिकाका वडा नं १, २, ४ र ५ मा सञ्चालन हुने अभियान आगामी वर्ष सबै वडामा विस्तार हुने नगरपालिकाले जनाएको छ ।

अभियानअन्तर्गत शनिबार विदुर नगरपालिका–४ को समन्वयमा बट्टारमा बालश्रम न्यूनीकरणका लागि सरोकारवालाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रमको आयोजना गरियो । अन्तक्र्रियामा विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले बालश्रम न्यूनीकरणका लागि आफूहरु प्रतिबद्ध रहेको र विदुर नगरक्षेत्रलाई बालश्रमरहित बनाउने उद्देश्यका साथ अभियान शुरु गरिएको बताए ।

कार्यक्रममा नगरपालिकाकी उपप्रमुख गीताकुमारी दाहालले समाज विकासको अवरोधका रुपमा रहेको बालश्रम अन्त्यका लागि सबैभन्दा पहिला परिवार नै जिम्मेवार बन्नुपर्ने बताउँदै यसका कारकहरुको पहिचान गरी समाधान खोजिनुपर्नेमा जोड दिए । यस्तै कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष टलकमान श्रेष्ठले आफ्नो वडालाई बालश्रम न्यूनीकरणका लागि नमुना वडाका रुपमा बिकसित गरिने बताउँदै बालश्रमको स्रोत र गन्तब्य बन्ने संभावनाको अन्त्य वडाको अभिष्ट रहेको स्पष्ट पारे ।

वडा नं ४ भित्रका सहकारी संस्था, महिला स्वयंसेविका, होटल व्यवसायी, यातायात व्यवसायी र विभिन्न विद्यालयका बालक्लबका प्रतिनिधि सहभागी कार्यक्रममा बालबालिकाको क्षेत्रमा काम गर्दै आउनुएका विष्णबहादुर खत्रीले बालश्रम न्यूनीकरणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए भने जालपा मिडिया सर्भिसका प्रबन्ध निर्देशक शिव देवकोटाले अभियानको सार्थकताका लागि सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।

यसअघि बिहीबार विदुर नगरकार्यपालिकाका सदस्य र सरोकारवालासँग गरिएको अन्तक्र्रियामा बालश्रम न्यूनीकरणका सन्दर्भमा उपनाउनुपर्ने उपाय र आगामी रणनीतिका बारेमा छलफल गरिएको थियो । रासस