अछामका १२ वडा कार्यालयमा तालाबन्दी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अछामका १२ वडा कार्यालयमा तालाबन्दी


२२ असार २०७६, आइतबार


डडेलधुरा । अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले तालाबन्दी गरेको जनाइएको छ ।

मंगलसेन नगरपालिकाको वडा नम्बर–१ कुन्ती, १३ बस्ती, ढकारी गाउँपालिकाको वडा नम्बर–२ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर–२ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको कालेकाँडा, बाराला, लयाँटी र पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर–३ शान्तडा, ४ बाटुलसैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस