कांग्रेस केन्द्रीय समिति बैठक « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कांग्रेस केन्द्रीय समिति बैठक


२२ असार २०७६, आइतबार


काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक आजबाट सुरु हुँदै छ । पार्टी कार्यालय सानेपामा बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ ।

बैठकमा पार्टीका संरचना निर्माण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, भदौ २४ बाट सुरु हुने दोस्रो चरणको अभियान, भातृसंस्थाहरुको अधिवेशन लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

बैठकमा पार्टीको संशोधित विधानअनुसारको नियमावली संशोधन गर्न गठित मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत जनाइएको छ । नियमावली पारित भएपछि मात्र पार्टीका संरचना निर्माणको बाटो खुल्ने छ ।

देश संघीय संरचनामा गए पनि त्यसअनुसार कांग्रेसको पार्टी संरचना निर्माण भएको छैन । देउवा र पौडेल पक्षबीच ६० र ४० को अवधारणाअनुसार संरचना निर्माणको विषयमा छलफल हुँदै आएको छ । तर सहमति भने भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस