बँदेलको आक्रमणबाट दुई जना घाइते « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बँदेलको आक्रमणबाट दुई जना घाइते


२० असार २०७६, शुक्रबार


डोटी । केआइसिंह गाउँपालिका–१ बाउजेलामा आज जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् ।

प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार खेतमा काम गरिरहेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गर्दा ३२ वर्षीय जगत विक र ३२ वर्षीय इन्द्र विक घाइते भएका हुन् । घाइते जगतको अवस्था गम्भिर छ ।

उनलाई उपचारका लागि जिल्ला बाहिर लैजान सिफारिस गरिएको शैलेश्वरी अस्पताल, दिपायलका निर्देशक डा.आइजङ कुँवरले जानकारी दिए । अर्का घाइते इन्द्रको शैलेश्वरीमा उपचार भइरहेको छ ।रासस

Tags :
प्रतिक्रिया दिनुहोस