सोमालियामा इस्लामिक समूहका लडाकूहरु सुरक्षा सेवामा समायोजन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सोमालियामा इस्लामिक समूहका लडाकूहरु सुरक्षा सेवामा समायोजन


२० असार २०७६, शुक्रबार


मोगादिसु । सोमाली सरकारले मध्यम इस्लामिक समूह अहलु सुन्ना वलिजामा (एएसडब्लुजे) मा आबद्ध लडाकूहरुलाई सोमालियाका सुरक्षा अंगहरुमा समायोजन गर्ने तयारी थालेको छ ।

सोमालियाका प्रधानमन्त्री हस्सन अलि खयरेले सोमालियाको गलमुदुग राज्यको राजधानी धुसामारेबमा उक्त कार्यक्रमको शुभारम्भ गरे ।

त्यस अवसरमा प्रधानमन्त्री हस्सनले भने – सोमालिया सरकार तपाइँहरुको पक्षमा छ । गलमुदुगमा राजनीतिक स्थायित्व बहाल गर्ने कार्यमा हामी पूर्ण प्रतिबद्ध छौं, त्यसमा सबैको सहयोग अति आवश्यक छ ।

एएसडब्लुजेका लडाकूहरुलाई मुलुकका सुरक्षा निकायहरु खासगरी सेना, प्रहरी, गुप्तचर सेवामा समायोजन गरिनेछ । यो समूह सोमालियामा समेत सक्रिय रहेको विद्रोही समूह अल शबाबसँग भिन्न मत राख्ने र केन्द्र सरकारसँग निकट रहने मानिन्छ ।

धुसामारेबमा मुख्यरुपमा केन्द्रित एएसडब्लुजेले यस क्षेत्रबाट शल शबाबका अतिवादी लडाकूलाई लखेट्न प्रमुख भूमिका निर्वाह गरेको थियो । डिसेम्बर २०१७ मा एएसडब्लुजेले राज्य प्रशासनसँग शक्ति बाँडफाँड सम्बन्धी एक सम्झौतामा हस्ताक्षर समेत गरेको थियो ।

एएसडब्लुजेको उक्त कदमको सोमालियास्थित राष्ट्रसंघीय मिसन र अफ्रिकी युनियनले स्वागत गरेको छ ।रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस