२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शेयर बजार : नेप्से आठ अङ्कले घट्यो

अ+ अ-

काठमाडौं । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ८.२७ बिन्दुले घटेर एक हजार २६०.४७ मा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर २७१.४५ बिन्दुमा झरेको छ ।

नेप्से ओरालो लागे पनि कारोवार रकममा भने वृद्धि भएको छ । कूल १७७ कम्पनीको ८९ लाख ८५ हजार ३५३ कित्ता शेयर रु ६७ करोड एक लाख ६९ हजार ९२९मा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूह सबैको शेयर ओरालो लागेको छ । बैंकिङ ६.५९, होटल २४, विकास बैंक ४.८१, जलविद्युत् १२.५१, वित्त ३.३५, निर्जीवन बीमा ६२.४५, उत्पादन १.४, अन्य ५.६७, लघुवित्त ७.५, जीवन बीमा ५३.९७ र सामूहिक लगानी कोष ०.०३ बिन्दुले घटेको छ ।

स्टकका अनुसार आज कारोवारका आधारमा सिद्धार्थ इक्विटी फण्ड शीर्ष स्थानमा छ । उक्त योजनाको रु पाँच करोड ५२ लाख २२ हजार २४७, प्रभु बैंक रु पाँच करोड ५१ लाख ४३ हजार ७१७, नेपाल बैंक रु चार करोड ७३ लाख २४ हजर ५४२, नेपाल दूरसञ्चार कम्पनी रु तीन करोड ८८ लाख तीन हजार ३९४, मेगा बैंक रु तीन करोड १६ लाख ६१ हजार ५६४, प्रिमियर इन्स्योरेन्स रु तीन करोड १२ लाख दुई हजार ६५३ र सिभिल बैंक रु दुई करोड ७३ लाख २१ हजार ३६८ मा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज सूर्योदय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९९ प्रतिशतले कमाए । समिट लघुवित्त वित्तीय संस्था ९.९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था ९.७६, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ६.४९, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था ४.२१ र सिटीएक्सप्रेस फाइनान्स कम्पनीका शेयरधनीले ४.०८ प्रतिशतले कमाए ।

त्यस्तै युनियन हाइड्रोपावर लिमिटेड ६.५५, प्रुडेन्टियल इस्योरेन्स ५.६१, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर ४.१६, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.८१, वेस्ट फाइनान्स कम्पनी ३.८० र सानिमा इक्विटी फण्डका लगानीकर्ताले ३.७९ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस