लिबियामा १४ हजार विकास परियोजना स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

लिबियामा १४ हजार विकास परियोजना स्थगित


१८ असार २०७६, बुधबार


त्रिपोली । लिबियाका अर्थमन्त्री अलि अल–इसावीले लिबियामा सन् २०११ देखि करिब एक खर्ब ४० अर्ब डलर बराबरका १४ हजार विकास परियोजना स्थगित भएको बताएका छन् ।

राजधानीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अल–इसावीले स्वीकृत परियोजनामध्ये आधा वा एक तिहाई मात्र पनि कार्यान्वयनमा आएका भए त्यसबाट राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गरे।

उनले सरकारी फौज र पूर्वी क्षेत्रमा सक्रिय सेनाबीच राजधानी त्रिपोलीलाई केन्द्रित गरी भइरहेको युद्धले मुलुकको आर्थिक परिस्थितिमा सुधार ल्याउने कार्यक्रमलाई भ्रमित पारिरहेको बताए ।

मन्त्री अल–इसावीले भने, युद्ध समाप्त भएपछि त्रिपोलीको पुनर्निर्माण र विकासमा युद्धस्तरमा जुट्नुको विकल्प छैन ।

लिबियाको पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि संघर्षलाई तिब्र बनाएको छ । यस युद्धबाट सयौंको ज्यान गइसकेको छ भने हजारौं घाइते भएका छन् । युद्ध भडकिएसँगै दशौं हजार मानिस सुरक्षाको खोजीमा घर त्यागेर पलायन हुन बाध्य भएका छन् ।

सन् २०११ मा लिबियाली नेता मउमर गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसाका घटना बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस